कांग्रेस संस्थापनइतर पक्षको बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ? 

 काठमाडौँ - सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बस्ने छ । 

नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।