राष्ट्रपतिद्वारा संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

 काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । महासचिव गौतमले गत २४ गते राजीनामा बुझाएका थिए ।

उक्त राजीनामा बुधबार स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा छ । गौतमको राजीनामा स्वीकृत नहुँदै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम महासचिवका लागि सिफारिस गरेका थिए ।