अर्थ मन्त्रालयका ५५ उपसचिवको एकै पटक सरुवा

काठमाण्डौँ - अर्थ मन्त्रालयले ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।

सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।