बैतडीमा पत्नीको हत्या आरोपमा ६५ वर्षका वृद्ध पक्राउ

काठमाडौँ । बैतडीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाटन नगरपालिका ४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीका अनुसार प्रतापसिंहलाई ६० वर्षीया पन्ती सुना ऐरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

घरायसी विवादमा उनले निर्धात कुटपिटबाट गम्भीर घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्नीसँगै प्रतापसिंहले बुहारी २२ वर्षीया भावना ऐरीलाईसमेत कुटपिट गरेका प्रहरीले जनाएको छ । भावना पनि घाइते छिन् ।