प्रधानमन्त्री दाहाल भोलि दैलेख जाने 

दैलेख - प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि दैलेख जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड भोलि दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँमा जान लागेका हुन् ।

 कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दुल्लुस्थित दह गाउँ जान लागेका आयोजक टिमले बताएको छ ।