कुवेतमा आगलागीपछि हाम फालेका तीन नेपाली घाइते  

एजेन्सी ।  कुवेतको बहुतले भवनमा बुधबार भएको आगलागीका क्रममा  भवनबाट हामफाल्ने  पाँचजना नेपालीमध्ये तीनजना घाइते भएको र दुईजना सामान्य अवस्थामा रहेका छन् ।

कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले दिएको जानकारीअनुसार पाँचमध्ये तीन नेपाली घाइते छन् भने दुई जनाको अवस्था सामान्य छ ।

बीबीसी हिन्दीसँगको कुराकानीका क्रममा उनले सो प्रतिक्रिया दिएका हुन् । घाइतेको अवस्था बुझ्न दूतावासको टोली अस्पतालमा गएको जनाइएको छ ।

आगलागीका क्रममा हाम फालेका नेपालीमा शिवगन्ज झापाका दोर्जे लामा, सिरहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेको जनाइएको छ ।