'अब सरकार छोडेर भए पनि पार्टीलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्छ' : गगन थापा 

हेटौंडा - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावी तालमेलको नाममा कांग्रेस झन् भन्दा झन् कमजोर बनिरहेको भन्दै बरु सरकार छोडेर भए पनि पार्टीलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताएका छन् । 

उनले आवश्यक परे सरकार छोड्न सकिने अभिव्यक्ति पनि दिएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा 
 उनले पार्टीलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताए ।

आगामी चुनावमा कांग्रेसले कुनै पनि पार्टीसँग तालमेल गर्न नपर्नेगरी तयारी थाल्नुपर्ने बताउँदै अब कांग्रेसले कसैसँग चुनावी तालमेल र गठबन्धन नगर्ने पनि स्पष्ट पारेका छन् ।