अमेरिकाबाट अवैध रकम भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । स्रोतका अनुसार अमेरिकाबाट अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका विवादित व्यवसायी पृथ्वी बहादुर शाहले जनार्दन शर्माको संलग्नता रहेको प्रहरी समक्ष बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको हो ।

अमेरिकाबाट अवैध रुपमा गत वर्ष चैतमा आएको ४० करोड रकम राष्ट्र बैंकले रोक्का गरेको थियो । सोही प्रकरणमा गत पुसमा प्रहरीले पक्राउ गरी अनुसन्धानकै क्रममा शाह हिरासतमा रहेका छन् । शाहले अवैध रुपमा उक्त रकम नेपाल भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता रहेको प्रहरीलाई बयान दिएको स्रोतले जनाएको छ ।