नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी 

काठमाडौँ - नेकपा एमालेले स्थायी कमिटीको बैठक जारी छ ।

पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि केन्द्रिय समिति बैठक अघि स्थायी कमिटी बैठक बोलाईएको हो ।

गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो । प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रिय समितिमा पेश गरी पारित गरिनेछ ।