एमाले पर्वत अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौँ - नेकपा एमाले पर्वत अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । उनले पदमपाणी शर्मालाई पराजित गरेका हुन् । 

शुक्रबार भएको निर्वाचनमा पहाडीले २२८ मत प्राप्त गरे । शर्माले १२७ मत ल्यााए । 

उपाध्यक्षमा विमल लामिछाने २१७ मतसहित निर्वाचित भए । १८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिवप्रसाद पौडेलले १७२ मत पाए । उपसचिव खुलामा चण्डीप्रसाद भुर्तेलले जीवनविक्रम उचैलाई पराजित गरे। भुर्तेलले  १८८ र उचैले  १७२ मत प्राप्त गरेका थिए । 

महिलातर्फ उपसचिवमा विन्दु अधिकारी २१६ मतसहित विजयी बनिन् । प्रतिष्पर्धी सरिता भण्डारीले १४५ मत पाइन् ।