चैत्र महिना : एनआईशी बैंकले मुद्दतीको निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति  ? 

काठमाण्डौँ - एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दनी निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।  

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।