प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी :अरू पार्टीभित्रका बहसमा प्रवेश नगर्नुस् 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विशवप्रकाश शर्माले प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अरू पार्टीभित्रका बहसमा प्रवेश नगर्न चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू, तपाईंहरूले गठबन्धन तोड्दै गर्दा नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल राखेर हस्ताक्षर गर्दै हिन्दुराष्ट्रको अभियान चलाएको बताउनुभयो,’ शर्माले भने, ‘प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसले कुन विषयमा छलफल गर्ने, कुनमा नगर्ने भनेर देशको प्रधानमन्त्री समेत रहेको कुनै कम्युनिस्ट पार्टीको नेतालाई सोध्नुपर्ने हो ?