गृहमन्त्रीमाथि उठाएको प्रश्नको जवाफमा स्वर्णिमले भने, ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री बन्दा पनि खोजिन पर्ने हो नि ?   


काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का उपसभापति एवं प्रतिनिधिसभा सांसद डा.स्वर्णिम वाग्लेले रास्वापाले जोखिम मोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको बताएका छन्।


बुधबार प्रतिनिधिसभामा प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिनुभन्दा अघि गरेको सम्बोधनमा स्वर्णिमले यस्तो बताएका हुन् । 

 
उनले भने, ‘हामी सरकारमा काम गर्न र देखाउन आएका हौँ, प्रतिपक्षमा हुँदा प्रश्न गर्थ्यौँ, आज काम गरेर देखाउन आएका हौँ, काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिएर प्रधानमन्त्रीलाई सजिलो बनाइदिन्छौँ प्रधानमन्त्रीले गलहत्याउन पर्दैन। काम गर्न सक्ने र मिल्ने मन्त्रालय लिएका छौँ।’

काँग्रेसले गृहमन्त्रीमाथि उठाएको प्रश्नको जवाफमा स्वर्णिमले भने, ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री बन्दा पनि खोजिन पनि पर्ने हो नि ?’