कांग्रेसभित्रका विचार समूहहरुको द्वन्द्वले पछिल्लो एक वर्षदेखि आजित थिएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो एक वर्षमा कांग्रेसभित्रका विचार समूहहरुको द्वन्द्वले आफू आजित भएको बताएका छन्। बुधबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै कांग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताए। उनले नेपाली कांग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताए।

उनले भने, ‘पछिल्लो एक वर्षमा कांग्रेसभित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ। तर आज मैले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा म खुशी छु। यसलाई शान्तिमा बदल्नुहोला।  देशको लोकतन्त्रलाई बलियो बनाउन सुदृढ गर्न सहयोग पुग्छ।’