१५ महिनापछि माधव नेपाल प्रधानमन्त्री  : चौधरी

काठमाडौँ - सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले १५ महिनापछि पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेको छ । पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले गठबन्धनमा १५ महिनापछि नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका छन् ।

‘१५(१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना पुष्पकमल दाहाल ‘प्रचण्ड’, त्यसपछि माधवकुमार नेपाल र अनि मात्र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सहमति भएको छ’, उनले भने ।