'चुनावी बाचा तोडेका प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन' : कांग्रेस

 काठमाडौँ - नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । 

सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ ।