प्रतिनिधिसभा बैठक सुरू, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै {LIVE}

काठमाडौँ - प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । 

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रचण्डले पुस २६ गते २०७९ मा पहिलो पटक र चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।