मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको पद खारेज 

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले तीनजनालाई आज पदमुक्त गरेका हुन् । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले उहाँहरूलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सफारिस गरेको हो ।