पार्टी विवादबारे रेशम चौधरीको स्पष्टोक्ति : 'मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय'

काठमाडौँ - सत्ता गठबन्धन फेरिएसँगै पारिवारिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज बिहान लामो फेसबुक स्ट्याटस लेखेर पार्टीको पछिल्लो परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् ।