लक्ष्मी सनराइज बैंकद्वारा व्यक्तिगत तर्फको अधिकतम ब्याजदरमा कटौती

 काठमाण्डौँ - लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फ भने बढाएको छ ।  

बैंकले संस्थागततर्फ ६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । र एक देखि माथि अवधिका लागि भने ६.५० प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा भने बैंकले संस्थागतर्फ यी दुवै अवधिका लागि ६ प्रतिशत ब्याजदर तोकेको थियो ।  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने घटाएको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो । तर चैत महिनाका लागि भने बैंकले अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।  बैंकले ३ देखि ६ महिना र ६ महिनादेखि १ वर्ष अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।  

यस्तै बैंकले १ वर्षदेखि माथि अवधिका लागि भने ७.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।