राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनु बाहेक विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताए ।

उनले न्यूनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने बताए । प्रधानमन्त्रीले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने बताए । पुनःगठनसँगै पुँजी बजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको प्रधानमन्त्रीको भनाइ थियो ।