माओवादी केन्द्रले आजदेखि काठमाडौंमा विधान सम्मेलन गर्दै 

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आजदेखि काठमाडौंमा विधान सम्मेलन गर्दै छ । विधान सम्मेलनअघि आइतबार र सोमबार केन्द्रीय समिति बैठक सम्पन्न गरेको माओवादी केन्द्रले अब पार्टीको विधान कस्तो बनाउने भन्ने’दयगत सम्मेलनमा छलफल गर्दै छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्रस्तावित विधान सम्मेलनमा पेस गर्नेछन् । त्यस प्रस्तावित विधानमा केन्द्रित भई १३ सयभन्दा बढी प्रतिनिधिले तीन दिनसम्म छलफल गर्ने एजेन्डा रहेको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा विधान सम्मेलन चल्नेछ । विधान सम्मेलनमा सहभागी हुन प्रतिनिधि काठमाडौं आइसकेका छन् । माओवादी केन्द्रका उपमहासचिव दिनानाथ शर्माले आवश्यक तयारी सबै पूरा भएको बताए ।

माओवादी केन्द्रका सचिव गणेश साहका अनुसार स्थायी समिति, केन्द्रीय समितिलगायतका बैठकबाट प्राप्त सुझाव समेत समेटेर विधान सम्मेलनमा विधानको मस्यौदा पेस हुनेछ ।