बजेट कार्यान्वयनमा सरकार पूर्ण असफल

काठमाण्डौँ - चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका हिसाबले सरकार पूर्ण रुपमा असफल देखिएको छ ।

सरकारले बजेट ल्याउँदा विभिन्न क्षेत्रमा राखेका लक्ष्य कुनै पनि पूरा नहुने भएका छन् । चालू बजेटमा अनुमान गरिएअनुसार स्रोत र खर्च दुवै नपुग्ने देखिएपछि बजेटको मध्यावधि समीक्षा मार्फत सरकारले सरकारले यसको आकार १३।५९ प्रतिशतले घटाएको छ ।

यो वर्ष १७ खर्ब ९३ अर्ब रुपैयाँ बजेट ल्याइएकामा यसलाई घटाएर १५ खर्ब ४९ अर्ब रुपैयाँ झारिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार संसदसमक्ष चालू आवको पुससम्मको बजेटको यथार्थ विवरण प्रस्तुत गर्दै संशोधित अनुमान पेश गरेका छन् । आजको कारोबार दैनिकबाट