चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु 

काठमाण्डौँ - चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । थानकोटबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका ४ सेतो पहरा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २ जना घाइते भएका थानकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । 

उनका अनुसार शनिवार दिउँसो भएको दुर्घटनामा काठमाडौं लाजिम्पाटका ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको मृत्यु भएको छ ।