माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका  प्रारूपमाथि छलफल भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने तयारी गरिएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।