राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर

दाङ - पुर्व पश्चिमी राजमार्गअन्तरगत दाङ, देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको जिल्ला जिल्ला प्रहरीले दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ ।
प्रहरीका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । बसमा ३६ जना यात्रु रहेको उपरीक्षक मल्लको भनाइ छ ।