'जनताको समस्या सुन्ने पार्टी एमालेबाहेक अरु छैन' : केपी शर्मा ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै भएको बताएका छन् ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमालेमात्रै रहेको र समस्याहरुको समाधान गर्ने बताएका हुन् ।

ओलीले समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिँडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि प्रतिवद्ध रहेको जिकिर गरे । सडक निर्माण देखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले साधारण काम गरेको उनले बताए ।