एमालेको संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश गर्दै, दिक्तेलमा बास !

काठमाडौँ - नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश गर्दै छ ।

गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रदेश प्रवेश गर्न लागेको हो । हिजो राति रामेछापको मन्थलीमा सन्देश सभा राखिएको थियो ।

आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदै छ । घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने छ ।