कांग्रेस संस्थापनइतरको बैठक सर्‍यो

काठमाण्डौँ - नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबारलाई सरेको हो ।

इतर पक्षको बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्ने तयारी छ । बैठक किन सारिएको भन्ने जानकारी नआएको तर सारेको जानकारी आएको एक केन्द्रीय सदस्यले बताए ।

नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने बुझेपछि बैठक सार्न कोइरालामाथी दबाब परेको थियो ।