नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

 काठमाडौँ - पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु २ ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।