रिगलको आममाफीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

 काठमाडौँ - चेतन मानन्धरको हत्यामा संलग्न ‘रिगल’ भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
रिगलविरुद्ध परेको रिट सुनुवाइका लागि बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा।आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको छ ।

चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो ।

२०७२ असार २८ गते दुई समूहबीच विवाद हुँदा चेतनको हत्या भएको थियो । उक्त हत्यामा संलग्न रहेका रिगललाई २०७५ बैशाखमा जिल्ला अदालत बाँकेले जन्मकैदको सजया सुनाएको थियो ।