त्रिभुवन विमानस्थलबाट फेरि सुन बरामद !

 काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि करिब १ किलो सुन बरामद भएको छ ।

भन्सार जाँचपास भएर बाहिर आइसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।