images

साउनको अन्तिम सोमबार पशुपतिमा देखिएको श्रद्धालुहरुको भीड {फोटोफिचर}

काठमाडौँ - आज साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

साउनमा हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरापोते लगाएर शिवको पूजा आराधाना गर्ने गर्दछन् । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहानदेखि नै चारै ढोका खुला गरिएको छ । साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ ।

सोमबार २८ साउन २०८१ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया