कांग्रेस - एमालेलाई रविको प्रश्न : ‘एउटा फाइल खोलेको २४ घण्टामा सरकार ढाल्दिनुभयो अरू कसरी खोल्ने ?’ 

काठमाडौँ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लामिछानेले एउटा फाइल खोलेको २४ घण्टामा कांग्रेस एमाले मिलेपछि अन्य फाइल खोल्न नसकेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सदनमा प्रस्तुत गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले दुई दलबीच भएको सहमति अहिलेसम्म सार्वजनिक नभएकोप्रति पनि आशंका व्यक्त गरेका छन् ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले भने, ‘हामीलाई मतदान गर्ने मतदाताहरूलाई गर्भका साथ भन्न चाहन्छु, हेर्नुस् हामीले सरकारमा गएर यस्तो सुशासनका लागि काम गर्‍यौँ रातारात दुई ठूला दल मिल्न बाध्य भए।’

लामिछानेले एउटा फाइल खोलेको २४ घण्टामा कांग्रेस एमाले मिलेपछि अन्य फाइल खोल्न नसकेको बताए। ‘एउटा फाइल खोलेको २४ घण्टामा मिल्नुभयो। अनि अरू कसरी खोल्ने ?’