पाँचौंपटकमा प्रचण्डले गुमाए विश्वासको मत : पक्षमा पक्षमा ६३, विपक्षमा १९४  

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए । त्यसमाथि शुक्रबार नै मत विभाजन भएको हो ।

उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले संसद्मा घोषणा गरेका हुन् । २५८ जना सांसद उपस्थित थिए ।उनको पक्षमा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको छ । साथै एक जना तटस्थ बसेका छन् ।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिएका हुन् ।