एमालेले आगामी निर्वाचनलाई लक्षित कार्ययोजना बनाउने

 

काठमाडौँ - नेकपा एमालेले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ ।

पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिईरहेका छन । 

सोही सुझावको आधारमा शनिबार बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रिय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताए ।