एमालेले जेठ १२ र १३ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ  - नेकपा एमालेले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार आगामी जेठ १२ र १३ गते काठमाडौंमा स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष,उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो ।

एमालेले स्थानीय तहमा बजेट बनाउने बेला भएको  र  बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको हो ।