लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने दललाई कारबाही सुरु

काठमाडौँ - निर्वाचन आयोगले दुई बर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र सो लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने कानुनी दायित्व रहेको आयोगले स्मरण गराएको छ।