वैशाख महिनाका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ? 

काठमाडौँ- बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको मुद्दति निपेक्षको ब्याजदर अधिकांश बाणिज्य बैंकहरुले घटाएका हुन् । केही बैंकहरुले भने पुरानै ब्याजदरलाई यथावत राखेका छन् ।

२० वटा बाणिज्य बैंकमध्ये एनएमबी बैंकले ०.९७ प्रतिशत र एभेष्ट बैंकले ०.५० प्रतिशत व्याजदर बढाएका छन् । त्यस्तै हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्स बैंक, कृषि विकास बैंक, नविल बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले पुरानै व्याजदरलाई यथावत राखेका छन् । जसमध्ये हिमालयनको व्याजदर ७ं.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्सको ७ प्रतिशत, कृषि विकास बैंकको ५.६६६ प्रतिशत, नविल बैंकको ७.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ७ प्रतिशत पुरानै व्याजदरलाई यथावत राखेका छन् ।

त्यस्तै, सानिमा र प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतले व्याजदर घटाएर ७.१ प्रतिशत व्याजदर कायम गरेका छन् । त्यस्तै, सिटिजन्स बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले ०.२५ प्रतिशतले व्याजदर घटाएर क्रमशः ७.५ प्रतिशत, ६.७५ प्रतिशत, ७.२५ प्रतिशत र ७.२६ प्रतिशत व्याजदर कायम गरेका छन् ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले ०.४५ प्रतिशत व्याजदर घटाएर ६.५५ प्रतिशत र नेपाल एसबीआई बैंकले ०.४८ प्रतिशत घटाएर ६.५३ प्रतिशत नयाँ व्याजदर कायम गरेको छ ।

त्यसैगरी प्रभु बैंक, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशतले घटाएर नयाँ व्याजदर क्रमशः ७, ७ प्रतिशत र ७.२५ प्रतिशत कायम गरेका छन् । ग्लोबल आईएमई बैंकले ०.६ प्रतिशतले व्याजदर घटाएर ७ प्रतिशत र एनआईसी एसिया बैंकले ०.७९ घटाएर नयाँ ब्याजदर ७.७५ प्रतिशत कायम गरेका छन् । वैशाख महिनाका लागि बाणिज्य बैंकको औषत व्याजदर ७.०७१ प्रतिशत कायम भएको छ ।