आठबुँदे सहमतिमा माधव नेपालले गरे हस्ताक्षर , प्रधानमन्त्रीलाई विश्वासको मत दिने   

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आठबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि एकीकृत समाजवादी राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका उमेदवार नारायण दाहालको पक्षमा मतदान गर्न तयार भएका छन् ।

अहिले राष्ट्रियसभाको अध्यक्षको निर्वाचन भइरहेको छ ।

फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे सहमति भएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीले प्रधानमन्त्रीले भोलि लिने विश्वासको मतमा भोट हाल्न तयार भएको छ ।