गण्डकी, मधेस र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

 काठमाडौँ - सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख रहेका थिए । 

बैठकले मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिए ।