राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित 

काठमाडौँ ।  राष्ट्रियसभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतविभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खस्यो। मत विभाजन प्रक्रियामा ५६ सदस्य उपस्थित थिए ।