एमालेले बोलायो संसद्रीय दलको बैठक, के छ एजेन्डा ?

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक आज दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेगरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिनेछन्। एमालेले आजको बैठकमा आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गर्ने जनाइएको छ।

यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।