राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्नेछु : नवनिर्वाचित अध्यक्ष दाहाल

काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्ने समेत बताएका छन् ।

मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले 
कानून निर्माण लगायतका विषयमा गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताए ।

उनले चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्ने धारणा राखे । राष्ट्रियसभाले गर्ने सबै भूमिकालाई प्रभावकारी बनाउन सबै दलहरूलाई एकतावद्ध भएर लैजाने उनले बताए । उनले आफूलाई निर्वाचित गर्ने सबै सदस्यहरुप्रति आभार व्यक्त गरे ।