वर्तमान सत्ता समीकरणलाई प्रभावकारी बनाउन पाँच दलबीच सहमति

 काठमाडौँ - वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा सत्तापक्षका ५ दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार आयोजित सत्तापक्ष राष्ट्रियसभा सांसद अभिमुखीकरण कार्यक्रमपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्तासमिकरणलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा नेकपा एकीकृत समाजवादीसहित पाँचै पार्टीबीच लिखित सहमति भएको जानकारी दिए ।