प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप !

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्वीप जारी गरेको हो ।

रास्वपा उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ ।