देशभरका प्रहरीलाई गृहमन्त्रीको अपिल-'अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन' 

काठमाण्डौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई अपिल गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै अपराधमा संलग्नलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न अपिल गरेका हुन् । 

उनले कानूनी राज्य के हो दखाइदिन समेत आग्रह गरेका छन् ।