गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न  शीर्ष नेताहरुको अपिल  

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरुको बैठकमा बोल्दै पार्टीका शीर्ष नेताहरुले साझा उम्मेदवार दाहाललाई मतदान गर्न अपिल गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेको नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।