'चालू वर्षमा राखिएको ८ प्रतिशत आर्थिक वृद्विको लक्ष्य पूरा हुँदैन' : अर्थमन्त्री पौडेल

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले बजेट ल्याउँदा तय गरेको ८ प्रतिशतको आर्थिक वृद्विदरको लक्ष्य पूरा नहुने दाबी गरेका छन् ।

आर्थिक वर्ष ०७९र०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा प्रतिनिधि सभामा आइतबारको बैठकमा दिएको वक्तव्यमा उनले उक्त दाबी गरेका हुन् । ‘अर्थतन्त्रको विद्यमान प्रवृत्ति आंकलन गर्दा ८ प्रतिशतको आर्थिक वृद्विदर हासिल गर्ने चालू वर्षको लक्ष्य पूरा हुने देखिँदैन, मन्त्री पौडेलले भने । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दा ८ प्रतिशतको आर्थिक वृद्विदर पूरा गर्ने महत्त्वाकांक्षी लक्ष्य तय गरेका थिए  ।