प्रधानमन्त्री दाहालको निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन सुरु 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गरेका मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन गर्न शुरु गरेको छ ।

प्रधानमन्त्री दाहालले कार्यगत एवं नीतिगत सुधारका लागि विभिन्न मन्त्रालयलाई दिएका निर्देशन कार्यान्वयनको प्रगतिका विषयमा प्रतिवेदन माग गर्दै प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई पत्राचार गरेर त्यसका लागि ताकेता गरेको हो ।